३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबार

राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबार
अ+ अ-

काठमाडौँ । कुशल व्यवस्थापनको माध्यमबाट असल शासन पद्धति कायम गरी आर्थिक–सामाजिक विकासमा सघाउँदै आएको नेपाल व्यवस्थापन सङ्घले आगामी शुक्रबार राजधानीमा राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर सोही दिन ३९औँ वार्षिक साधारणसभाका साथै राष्ट्रको सर्वोपरि हितका खातिर योगदान गरेका प्रशासकलाई राष्ट्रिय व्यवस्थापन पुरस्कार उपपराष्ट्रपति नन्दबहादुर पुनबाट प्रदान गर्ने जनाएको छ ।

शुक्रबार नै एशियाली देशका राष्ट्रिय व्यवस्थापन सङ्घहरूको छाता सङ्गठनका रुपमा रहेको एशियाली व्यवस्थापन सङ्घले नेपाल व्यवस्थापन सङ्घसँग मिलेर दक्षिण एशियाको सामाजिक–आर्थिक क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिलाई सम्मान गरिने भएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्मान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।