४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

भारतको हिमाञ्चलमा भएको आगलागीबाट १० जनाको मृत्यु, ९ जना नेपाली मात्रै

भारतको हिमाञ्चलमा भएको आगलागीबाट १० जनाको मृत्यु, ९ जना नेपाली मात्रै
अ+ अ-

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेश राज्यको सोलन जिल्लामा भएको आगलागीमा ९ नेपालीसहित १० जनाको निधन भएको छ । घटनामा १ नेपाली महिला घाइते भएकी छन् भने १८ नेपाली ज्यान जोगाउन सफल भएका छन् ।

हिमाञ्चल प्रदेशको सोलन जिल्लाअन्तर्गत नगर पञ्चायत अर्कीको वार्ड नम्बर–६ मा उक्त दुर्घटना भएको हो । आगलागीमा पाँचवटा भवन र आठवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीमा परेका सबै नेपालीहरु कर्णाली प्रदेशको सल्यान जिल्लाका बासिन्दा भएको बताइएको छ । ज्यान गुमाउनेमा ३३ वर्षका धनबहादुर विक, उनकी ३० वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, ११ वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा रेञ्जन विक रहेका छन् भने ४२ वर्षका काशिराम विक, उनकी ३० वर्षकी श्रीमती टिका विक, ८ वर्षीया छोरी अनु विक र ६ वर्षीय छोरा सञ्जयको पनि निधन भएको छ । उनीहरू सल्यान जिल्ला शिवकुम्भ गाँउपालिका २, टाकुरा निवासी हुन् ।

प्राप्त जानकारी अनुसार सबैभन्दा पहिले एउटा पाँचतले काठको भवनको माथिल्लो तलाबाट आगलागी शुरु भएको थियो । उक्त भवनमा कम्तीमा २७ जना नेपालीहरु बस्दै आएका थिए । राति जाडोका कारण उनीहरूले गुँइठा बालेर कोठाभित्र राखेको र त्यहीबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । काठको संरचना भएका कारण आगो तिब्र गतिमा फैलिँदै छेउछाउका अन्य पाँच भवनमा समेत फैलिएको थियो ।

आगलागीका क्रममा एकपछि अर्को गर्दै ग्यास सिलिन्डर विस्फोट हुँदा करिब नौ पटक ठूलो आवाज आएको स्थानीयले बताएका छन् । सूचना पाएलगत्तै बिहान करिव साढे ४ बजे अग्निशमन विभागका चार टोली घटनास्थलमा पुगेका थिए। अर्की फायर स्टेशनसँगै बनलगी, बालूगञ्ज (शिमला) र अम्बुजाबाट आएका दमकल गाडी, एनडीआरएफ, प्रशासनिक टोली तथा स्थानीयवासीहरूको सहयोगमा करिब नौ घण्टापछि दिउँसो डेढ बजे आगो नियन्त्रणमा लिइएको हो । घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।