३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ: मन्त्री भट्टराई

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ: मन्त्री भट्टराई
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले अन्तरराष्ट्रियजगतमा नेपालको पर्यटन प्रवद्र्धनका लागि उत्साहजनक सन्देश पुर्याउन गृहकार्य भइरहेको जानकारी दिए ।

sf7df8f}F, !* dª\l;/M /fhb”t tyf j}b]lzs ;fem]bf/ ;+:yfsf k|d’v;Fu 5nkmn sfo{qmd g]kfn e|d0f jif{–@)@) ;kmn kfg{ g]kfnl:yt ljleGg b]zsf /fhb”t tyf j}b]lzs ;fem]bf/ ;+:yfsf k|d’v;Fusf] 5nkmndf ;+:s[lt, ko{6g tyf gful/s p8\8ogdGqL of]u]zs’df/ e§/fO{ . tl:a/, ;f}hGoM dGqL e§/fO{sf] ;ljrfno÷/f;;

मन्त्री भट्टराईले भने, “नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पुर्याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ । मुलुकमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा सन् २०२० लाई सिकाइ र अनुभव लिने वर्षका रुपमा लिएर विशेषज्ञले बनाउने कार्ययोजनाका आधारमा २०२० देखि ३० को समयलाई पर्यटन दशकका रुपमा मनाइन लागेको उनले जानकारी दिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा पर्यटन विकास क्षेत्रको विकासका लागि तीनै तहका सरकारको समन्वयमा कार्यक्रम बनाएर काम गर्न सुझाव दिए ।

उनले भने, “नेपाल घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र ठमेलमा खाल्टा, हिलो र धुलोबाट ग्रस्त छ, यसमा सुधार ल्याउनुपर्छ, पर्यटकप्रति गरिने व्यवहार संस्कार युक्त हुनुपर्छ, पर्यटकका लागि सुरक्षा, सजिलो पूर्वाधार, सफासुग्घर र हरियाली वातावरण, उत्सुकता लाग्ने नयाँ चीज वस्तु हामीले दिनुपर्छ ।” पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले हामी पर्यटन वर्ष मनाउँदै गरेको अवस्थामा नेपालको पर्यटनको केन्द्रका रुपमा रहेका ठमेलमा फुटी रहेका ढल र खाल्टाखुल्टीले तयारी पर्यप्त भएन कि भन्ने प्रश्न उब्जेको देखिन्छ भने ।

उनले भने, “नेपाललाई पर्यटनको गन्तव्य प्रकृतिले नै उपहार दिएको छ, काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई जोड्ने आकर्षक पदमार्ग बनाउन सकिए पर्यटकका लागि महत्वपूर्ण खुराक मिल्ने थियो । पूर्वपर्यटनमन्त्री भीमबहादुर रावलले सभ्यता, संस्कृति र आफ्नोपन देखाएर समृद्धिका लागि अर्थ जुटाउने तथा अन्तर्राष्ट्रियजगत्सँग मित्रवत् सम्बन्ध सुदृढ तुल्याउन योगदान पुर्याउने पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अनुकूल वातावरण र सुशासन प्रणाली मिल्दोजुल्दो हुनुपर्छ भने ।

उनले भने, “हवाई भाडामा स्वदेशी र विदेशीका आधारमा फरक हुनुहुन्न, हवाई भाडामा एकरुपता कायम गर्ने सन्दर्भमा मन्त्रालयले यथाशीघ्र निर्णयमा पुगोस् ।” सो अवसरमा समितिका सदस्य पुष्पा भुसाल, सुदन किराँती, उमा रेग्मी, सरला यादव, रेणुका गुरुङ, नारदमुनि राना, दीपकप्रकाश भट्ट, प्रेमप्रसाद तुलाचन लगायतले मुलुकमा पर्यटनको विकासका लागि तीनै तहले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर समन्वयका साथ अघि बढने वातावरण तयार गर्न सरकारलाई सुझाव दिए ।