२० श्रावण २०८३, बुधबार
,
Latest
आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनः सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनोनयपत्र वितरण



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि ३० वटा मनोनयपत्र वितरण गरिएको छ ।

सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनोनयपत्र वितरण गरिएको निर्वाचन समितिले जनाएको छ । साढे ३ बजेसम्म ३ वटा सभापति  र बाँकी अन्य पदाधिकारीका लागि मनोनयनपत्र वितरण गरिएको हो ।

आयोगले साँझ ५ बजेपछि मनोनयपत्र दर्ताको लागि समय छुट्टाएको छ । मनोनयनको लागि सभापति पदका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यका लागि रु १० हजार तोकिएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन् ।