१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै

माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै
अ अ+ अ-

काठमाडौँ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारहरूमा तरुल तथा अन्य कन्दमूलको विक्री बढ्न थालेको छ ।

माघ १ गते मनाइने यो पर्वमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कन्दमूल विशेष परिकारका रूपमा खाने परम्पराले बजारमा यी वस्तुको माग ह्वात्तै बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डकाअनुसार पर्व नजिकिएसँगै सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल भित्रिने क्रम बढेको छ । बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, पातले तरुललगायत विभिन्न प्रजातिका तरुल उपलब्ध छन् ।

व्यवसायीहरूकाअनुसार यो वर्ष युवा विदेश पलायन र घरमा मधुमेहका बिरामी बढेकाले तरुलको मागमा केही कमी आएपनि पर्वको पूर्वसन्ध्यामा विक्री उल्लेख्य बढेको छ । उपभोक्ताहरू आफ्नो रुची अनुसारका तरुल किन्न बजारमा व्यस्त देखिन्छन् । माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डुसँगै तरुल उसिनेर वा पोलेर खाने परम्परा रहेको छ ।

यो पर्वमा यी परिकारले शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने विश्वास गरिन्छ । यसैबीच, झापाको बाहुनडाँगीमा पनि माघे संक्रान्तिको अवसरमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने तयारी भइरहेको छ । पर्व नजिकिएसँगै बजारमा तरुलको रौनक बढ्दै गएको छ भने उपभोक्ताहरू पनि उत्साहित देखिएका छन् ।