१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

झापा–५ मा ओली र बालेन भिडन्तको संकेत

झापा–५ मा ओली र बालेन भिडन्तको संकेत
अ अ+ अ-

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा धेरै चासो र रोमाञ्चक प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह (बालेन) बीच हुने संकेत देखिएको छ । राजनीतिक वृत्तमा यो भिडन्तलाई ‘करियर–डिसाइडिङ’ चुनावका रूपमा हेरिन थालिएको छ । बालेनले पछिल्लो पटक आफ्नो फेसबुक स्टाटसमा ‘शुभकामना सबैलाई, हामी आउँदै छौं’ लेखेर झापामा चुनाव लड्न आउने सन्देश दिनुभएको अनुमान गरिएको छ ।

ओलीले लामो समयदेखि निर्वाचन जित्दै आएको झापा क्षेत्र नं ५मा यसपटक बालेनले प्रत्यक्ष चुनौती दिने तयारी गरिरहेको उहाँ निकट स्रोतले जानकारी दिएको छ । ओलीको सम्भावित पाँचौँ प्रधानमन्त्री बन्ने बाटो यही निर्वाचनसँग गाँसिएको छ । त्यही बाटो छेक्ने रणनीतिसहित बालेन मैदानमा उत्रन लागेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

तर, बालेनका लागि यो चुनाव सजिलो छैन । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा रास्वपा उम्मेदवार तेस्रो स्थानमै सीमित भएका थिए । प्रतिनिधिसभा निर्वाचन, २०७९ मा ओलीले सो क्षेत्रमा सर्वाधिक ५२ हजार ३ सय ११ मत ल्याएर विजयी बन्नुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएर तेस्रो बन्नुभएको थियो । रास्वपाका पोखरेलको भन्दा ओलीको मत चार गुणाभन्दा बढी आएको थियो ।

२०७९ सालको चुनावी गणित हेर्दा रास्वपाका बालेनलाई ओलीसँग चुनाव जित्न ‘फलामको चिउरा’ चपाएसरह कठिन हुने देखिएको छ । यद्यपि, अहिले परिस्थितिमा आमूल परिवर्तन भएको र जेन–जी आन्दोलनपछि ओली बद्नाम बनेको भन्दै बालेन र उहाँ निकटस्थहरू झापा–५ मा बालेनले जित्ने दाबी गर्दै उम्मेदवारी दिने योजनामा लागेका हुन् ।

संगठन, संरचना र स्थानीय पकडतर्फ ओली अझै बलियो देखिन्छन् । तर, बालेनको उम्मेदवारी घोषणासँगै उक्त क्षेत्र राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चासोको केन्द्र बन्ने निश्चितजस्तै छ । रास्वपाका सभापति रवि लामिछानेले पनि बालेनलाई केपी ओलीसँगै चुनाव लडेर विजय हासिल गर्न उक्साइरहनुभएको छ । केही विश्लेषकहरूले भने ओलीसँग बालेन चुनाव हारेमा उहाँको प्रधानमन्त्री बन्ने सपनामा धक्का लाग्न सक्ने भन्दै जोखिम पक्षको गहन विश्लेषण गर्न सुझाएका छन् ।

यदि, बालेन र ओली भिड्ने अवस्था आएमा दुवै पक्षले यो चुनावलाई प्रतिष्ठाको लडाइँ बनाउने तयारी गरिरहेका छन् । ओलीका लागि हारको अर्थ केवल एक सिट गुमाउनुमात्र होइन, दीर्घकालीन राजनीतिक अवसानतर्फको संकेत हुन सक्छ । चुनाव हारेमा ओलीको प्रधानमन्त्री बन्ने आकांक्षामा गम्भीर ‘ब्रेक’ लाग्नेछ ।

उता, बालेनका लागि पनि जोखिम कम छैन । यदि, उहाँले पराजय भोगे उहाँको प्रारम्भिक राजनीतिक यात्रामै गम्भीर धक्का लाग्नेछ । उदाउँदो राजनीतिक व्यक्तित्वका रूपमा रहेका बालेनका लागि यो चुनाव भविष्य निर्माणको अवसर पनि हो र राजनीतिक करियरमै प्रश्न उठाउने जोखिम पनि ।

यसैले, ओली–बालेन भिडन्त केवल दुई उम्मेदवारबीचको चुनाव होइन, दुई फरक राजनीतिक धार, शैली र पुस्ताबीचको निर्णायक टकराब बन्ने देखिएको छ । परिणाम जे आए पनि यो प्रतिस्पर्धाले नेपाली राजनीतिमा नयाँ मोड दिने विश्लेषण गरिएको छ । नेपाल समाचारपत्र

यस्तो छ २०७९ को निर्वाचनको मत परिणाम
केपी शर्मा ओली एमालेः ५२,३११
खगेन्द्र अधिकारी, नेपाली कांग्रेसः २३,७४२
सुरेशकुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीः ११,७५९