४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

कांग्रेसमा किचलोः सात बुँदामा सहमति खोज्न छलफल, होला त सहमति ?

देउवाका तर्फबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड र विशेष महाधिवेशन पक्षधरबाट मधु आचार्य, देवराज चालिसे, प्रदीप पौडेल र गुरुराज घिमिरे रहनु भएको छ ।

कांग्रेसमा किचलोः सात बुँदामा सहमति खोज्न छलफल, होला त सहमति ?
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउनका लागि सभापति शेरबहादुर देउवाको टोली र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीीच संवाद सुरु भएको छ ।

देउवाका तर्फबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड र विशेष महाधिवेशन पक्षधरबाट मधु आचार्य, देवराज चालिसे, प्रदीप पौडेल र गुरुराज घिमिरे रहनु भएको छ । वार्ता टोलीबीच सोमबार दिनभरि अनौपचारिक प्रयासहरू भए पनि सफल भएनन् ।

वार्ता टोलीमा रहनुभएका नेता मधु आचार्यले न्यूजपोलारसँग भन्नुभयो ‘आज बिहानदेखि वार्ता होला, सहमतिका लागि उहाँहरुले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्छ साथै बहुमत महाधिवेशन प्रतिनिधिहरुले गरेको कामलाई अपनत्व लिनु पर्छ र पार्टी रुपान्तरण भएको स्पष्ट र साझा धारणा बन्नु पर्छ ।’

उहाँले भन्नुभयो ‘अपमानकाबीच पनि एकताको हात बढाएका छौँ उहाँहरुले के गर्नुहुन्छ हेर्नुपर्छ ।’

बिशेष महाधिबेशन पक्षधरहरुले राखेका सात सर्त यस्ता छन् ।

१) नेपाली कांग्रेसका २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूले माग गरी आह्वान गरेको विशेष महाधिवेशनको राजनीतिक स्वामित्व नेपाली कांग्रेस केन्द्रीय समितिले लिनुपर्ने ।

२) विशेष महाधिवेशनमा पार्टी सुधारका लागि पेश भएका र सहभागीमार्फत संकलन गरिएका प्रस्ताव र सुझावहरूलाई कांग्रेस केन्द्रीय समितिले ग्रहण गर्ने ।

३) आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कुनैपनि अन्य राजनीतिक दलसँग गठबन्धन नगर्ने ।

४) पार्टीका उम्मेदवारहरू चयन गर्न विधान बमोजिम संसदीय बोर्ड गठन गर्ने । त्यस्तो बोर्ड गठनमा विशेष महाधिवेशन पक्षधरहरूको सम्मानजनक उपस्थिति हुनुपर्ने ।

५) आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण न्यायोचित एवं सम्मानजनक हुनुपर्ने ।

६) प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई वितरण गर्ने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने ।

७) विशेष महाधिवेशनको समापन सत्रमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला उपस्थित भएरै सहमतिसमेतको स्वामित्व लिनुपर्ने ।

भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ ।

यसैबिच कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज ११ बजे बोलाइएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।