३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

श्रम मन्त्रालयले गर्यो छ महिनामा ७० प्रतिशत प्रगति

श्रम मन्त्रालयले गर्यो छ महिनामा ७० प्रतिशत प्रगति
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा सो प्रगति हासिल गरिएको जानकारी दिए ।

बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री रामेश्वरराय यावदले आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए । उनले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक निर्देशन दिए । सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरीदको सूचना चाँडै नै प्रकाशन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए ।

उनले श्रम सम्बन्ध असल राख्न, वैदेशिक रोजगारीमा ठगी र अनियमितता अन्त्य गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन मन्त्रालयले जोड दिएको जानकारी दिए । बैठकमा विनियोजित कार्यक्रमको हरेक शीर्षकको भएको कार्यप्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसार प्रगति हासिल गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो ।