१२ पुष २०८१, शुक्रबार
,
Latest
सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत तेह्र सय फरार प्रतिवादी पक्राउ उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह संविधान बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता पाउँछन्ः गृहमन्त्री लेखक विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडेयौरी



अ+ अ-
देवी प्याकुरेल

जडेयाैरी

एउटा टोपी
एउटा पछेयौरी
एउटा लौरी टेकेर
एउटा कोठा
एउटा ढोका
एउटा पुस्तक बोकेर
एउटा ज्यान
एक मुठि श्वास र जीवन मागिरहेछु ।
देउ जे दिन्छौ
आखिर जडेयौरी भए पनि देउ ।

के मेरो माया
के मैले मुछेको पिठो
मैले पारेको मोही
मैले रोपेको सुपारी
यी सबै अरुकै झैं थिए र ?

ती सपनाहरु
ती रहरहरु
मेरै लागि मात्र थिए र ?

आज म एक्लो
फगत एक्लो छु
मन्दिरमा देउता भेट्न आउनेहरु
देउता सँग माग्न आउनेहरु
सबै लिन मात्रै आएका हुन् त ?

मलाई तिमिले लगाएको
शिरको टोपी लाउन पाए पुग्छ ।
पछेउरी ओढ्न पाए पुग्छ ।
लौरी त तिमीले नि टेक्न थाल्यौ होला ।
मलाई त्यही तिमी बसेको
तिमीले थोत्रो बनाएको
मेरो घरको
एउटा कोठा देउ
मलाई थाहा छ
मलाई थाहा छ
माया जडेयौरी पक्कै हुँदैन ।

देवी प्याकुरेल ( आकाशको बादल )
सुनसरी

मितिः २०७६ माघ २४ गते, दाङ्ग