१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बनाउन श्रमदान आवश्यक पर्छः अध्यक्ष राई



फाइल फोटो
अ+ अ-

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताउनुभएको छ ।

आज इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रममा अध्यक्ष राई लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै देशको निरन्तरता विकास र समृद्धि सम्भव हुन्छ ।”

अध्यक्ष राई देशको समृद्धि हामीबीचको एकता र सहकार्यबाट हासिल हुने धारणा राख्नुभयो । “जलेर खरानी भएको हाम्रो देश सबै मिलेर पुनःस्थापना गर्नुपर्छ । भावनामा बहकिएर होइन, देश र जनताको हितमा काम गर्ने, देश बनाउने र बचाउनेलाई आगामी निर्वाचनमा भोट दिनुहोस् ।”

आगामी फागुनमा हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन सरोकार भएका निकायले विशेष योजनासहित आवश्यक समन्वय गर्नुपर्नेमा अध्यक्ष राईले जोड दिनुभयो । निर्वाचन नहुँदा देशको लोकतन्त्र अपहरणमा पर्ने खतरा रहेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थाको मूल आधार आवधिक निर्वाचन भएकाले सबैले स्वस्थ सहभागिता जनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावप्रति सचेत रहन आग्रह गर्दै देश विकासका लागि कलमले मात्र पनि हुँदैन, गैँटी र बेल्चा चलाउन पनि आवश्यक छ । म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्छु ।”रासस