१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषाद जातिको रिटमा लिखित जवाफ माग



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मनासिव आधार, कारण र सवुद प्रमाणसहित सूचना प्राप्त मितिले १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न माग गरेको हो ।

सङ्घीय संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ नेपाल निषाद एकता समाजको तर्फबाट खजान्ती महतो ननीयाले यही पुस १८ गते दायर गरेको रिट निवेदकले उठाएको विषय सङ्घीय संसद्बाट सम्बोधन हुनुपर्ने प्रकृतिको देखिएकाले लिखित जवाफ माग गरेको सर्वोच्चले जनाएको छ ।

निषाद जातिभित्र नुनिया, बिन, मलाह, केवट, केवरत, तुराहा, अमात, कोल/कौल, कहार, खुलवट, खुलवट/खुनोट, गनगाई, गोड, गोढी, चाँय/चायभ/चाई, चौहन, तीयार, धिमर/धीवर, वहरदार, वेल्दार, वोट, राजभर, सोरहिया/सोरैया,वनपर, गौड, बोटे, मोडियारी/मोरियारी पर्दछन् ।

रिट निवेदनमा राज्य संयन्त्रबाट पछाडि पारिएकाले राज्यका निजामति, सरकारी, अर्धसरकारी, गैर सरकारी, सैनिक, प्रहरी प्रशासन, कूटनीतिक नियोगजस्ता निकायमा आरक्षण कोटा निर्धारण गर्न आदेश माग गरिएको थियो ।

निषाद जातिको बसोबास मुख्यतः मधेश (तराई)को प्रत्येक जिल्लाको नलीनाला, खोला, खोल्साको छेउ किनार, बस्तीमा पाइन्छन् । यो जातिको मुख्य पेसा माछा मार्ने, डुङ्गा तार्ने, खेतीपानी गर्ने, ज्याला मजदुरी गर्ने हो ।

यी समुदाय बाढीपहिरोमा प्रभावित हुने गरेका छन् । मधेसी आयोगले प्रकाशित गरेको नेपालमा मधेसी समुदायको वस्तुस्थिति विवरणमा निषाद जाति आठलाख १४ हजार २१६ भन्दा बढी नागरिक रहेको उल्लेख छ ।