३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो
अ+ अ-

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ ।चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

यहाँ गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । 

सो कमिसनका अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका १ हजार ८०७ जनामध्ये जिलिनमा मात्र १ हजार ४०० भन्दा बढी संक्रमित पाइएका बताइएको छ । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब पाँच हजार जना नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ । (रासस/सिन्ह्वा)