५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

अवरोध नगरी सभा सञ्चालनमा सहयोग गर्न सभामुखको आग्रह

अवरोध नगरी सभा सञ्चालनमा सहयोग गर्न सभामुखको आग्रह
अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी बैठक सञ्चालनमा सहयोग गर्न सम्बन्धित सांसद्हरुलाई विशेष अनुरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद्हरुले आफूले कारवाही गरेका १४ सांसद्लाई सभामुखले कारवाही नगरेको भन्दै लगातार संसद् अवरोध गरिरहेका छन् ।

आजको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै संसद् बैठक अवरुद्ध गर्न खोजेपछि सभामुख सापकोटाले प्रतिनिधिसभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यसमेत अवरोधका कारण प्रभावित हुन पुगेको बताउनुभयो ।

उहाँले सभालाई रुलिङ गर्दै भन्नुभयो, “विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्यसञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो, संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भई जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकामा माननीय सदस्यहरुले मलाई पटक पटक ध्यानाकर्षण गराउनुभएको छ ।” उहाँले संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ छ भन्दै अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सम्बन्धित सांसद्हरुलाई अनुरोध गर्नुभयो ।