१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेण्डरको ‘फेक’ सूचना बनाएर लाखौँ हिनामिना, छिपहरमाई गाउँपालिका अध्यक्षसहित ५ जनामाथि भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै गाउँपालिका अध्यक्षसहित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७९–०८० मा विभिन्न निर्माण कार्यका लागि राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको देखाएर भुक्तानी गरिएको भए पनि ती मितिमा सूचना नछापिएको पुष्टि भएको आयोगले जनाएको छ।

अनुसन्धानअनुसार गाउँपालिका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालिका सञ्चालक कमलकुमार उपाध्यायको मिलेमतोमा योजनाबद्ध रूपमा झुट्टा सूचना देखाई दुई पटकमा जम्मा ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको ठहर छ।

खानेपानी ट्युबवेल, स्टेडियम, चार कोठे भवन र दलित आवास निर्माणका ठेक्कामा सो अनियमितता भएको र प्रेस काउन्सिल नेपालबाट प्रमाणित प्रतिमा सूचना नदेखिएको आयोगले जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलसहित कडा सजाय मागदाबी गरेको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/scWI8C.pdf”]