२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

जनकपुरका सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र

जनकपुरका सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
अ अ+ अ-

जनकपुर । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्र भइरहेका छन् । यसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ ।

नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि स्वरुप फेरिएको हो । “दुई-तीन वर्षअघिसम्म एकातिर नगरक्षेत्रका अधिकांश सडकमा अतिक्रमण परेको थियो भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो”, जनकपुरधाम उपमहानगरपालिका–४ का श्यामकुमार साहले भन्नुभयो, “तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्र भएका छन्, यसका कारण बल्ल आफूहरु प्रदेशको राजधानीवासी भएको आभास भइरहेको छ ।” सडक स्तरोन्नतिसँगै कालोपत्र भएकाले आवतजावतमा सहज मात्र होइन, नगरक्षेत्रको सौन्दर्यतासमेत बढेको छ, उहाँको भनाइ थियो । 

सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेको सुनाउँदै जनकपुरधाम उपमहानगरपालिका– ४ कै विजय यादवले भन्नुभयो, “एकपटक करिब तीन वर्षअघि वर्षायामका बेला बाटोमा हिलो जमेको थियो, त्यसमा लडेर घाइतेसमेत भएको थिए ।” वर्षा लागेपछि नगरक्षेत्रका बाटोमा हिँड्न पनि समस्या हुन्थ्यो तर अहिले सडक चिल्ला भएकाले कुनैबेला पनि सहजै हिँड्नसक्ने अवस्था भइसकेको छ, उहाँको कथन छ । 

“सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्थ्यो तर अहिले मुस्किलले १० मिनेट पनि लाग्दैन्”, यादवले भन्नुभयो, “पहिला सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनःजनकपुर आउन चाहँदैन्थ्यो तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउनेक्रमसमेत ह्वात्तै बढेको छ ।” यसबाट जनकपुरधाम सौन्दर्यता बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो फाइदा पुगेको उहाँको अनुभव छ । 
    
केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकी चौक, राम चोक, पेठिया बजार, कदम चौक, मुरली चौक, तिरहुतिया गाछी, निधी मार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्र भएका छन् ।
    
विगत दुई वर्षको अवधिमा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका मुख्य र सहायक गरी १६ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सघन शहरी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७६/०७७ देखि हालसम्म जनकपुरधाम नगरक्षेत्रको विभिन्न वडाका १६ किलोमिटर सडक कालोपत्र गरिसकेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाका सूचना अधिकारी लक्ष्मण यादवले जानकारी दिनुभयो । 
    
“अस्थायी राजधानी भइसकेपछि एडिबी र हामीले जनकपुरधाम नगरपालिका क्षेत्रमा नाला निर्माण र सडक स्तरोन्नतिको काम थालेका हौँ”, सूचना अधिकारी यादवले भन्नुभयो, “एडिबीले मुख्य सडकमा नाला निर्माण र सडकको काम गर्‍यो, हामीले राम चोकदेखि कदम चोक, निधी मार्ग लगायतका मुख्य तथा सहायक मार्गमा कालोपत्रको काम गरेका छौँ ।” 
    
जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरलगायतका स्थानमा सडक स्तरोन्नतिको काम भइरहेको र जनकपुरधामस्थित बागवानीभन्दा पूर्वतर्फको बाटो, पर्शुराम तलाउ क्षेत्र, लक्ष्मीनियाँ गाउँपालिकाको सिनरजोडातर्फको बाटो तथा हंशपुरमा बाटो निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । 
    
यसैबीच ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरी योजना अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारवाहीसमेत अघि बढाएको सङ्घीय आयोजना कार्यान्वय इकाइ धनुषाले जनाएको छ । समयमा काम पूरा नगर्ने कम्पनीमाथि कारवाही सुरु गरेको सो कार्यालयले एउटा निर्माण कम्पनीमाथि कारवाही गरिसकेको र अन्य केही निर्माण कम्पनीमा कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
    
धनुषाको बटेश्वर आयुर्वेद औषधालय भवन निर्माणको सम्झौता गरी लामो समयसम्म काम पूरा नगर्ने कर्णाली बिल्डर्समाथि कारवाही गरेको छ । “सम्झौता गरेर पनि काम सम्पन्न नगरको पाइएपछि पटकपटक पत्र काट्दासमेत कुनै सुनुवाइ नगरेपछि कर्णाली बिल्र्डसमाथि कारवाही गरेका छौँ”, सूचना अधिकारी यादवले भन्नुभयो, “कारवाहीस्वरुप सो ठेक्का रद्द गरी पुनः ठेक्का आह्वान गरेका छौँ ।” ठेक्का सम्झौता गरे पनि लामो समय अलपत्र छाड्ने अन्य निर्माण कम्पनीको सूची बनाएर कारवाही प्रक्रिया अघि बढाउन लागेको सूचना अधिकारी यादवको भनाइ छ । 

भारतीय दूतावासको सहयोगमा धनुषाको नगराइन नगरपालिकास्थित छ विद्यालयमा निर्माणाधीन पुस्तकालयको निर्माण काम अधुरो छाड्ने निर्माण कम्पनीलाई चेतावनीस्वरुप सम्झौता रकमको १० प्रतिशत जरिवाना तिराएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार ठेकेदार कम्पनीले बीचमै काम रोकिँदा धनुषाका आधा दर्जनभन्दा बढी स्वास्थ्यचौकी तथा भवनको काम अधुरैमा रोकिएको छ । टेण्ड स्वीकृत भई निर्माण कार्य सुरु भए पनि धनुषाको झरियाही स्वास्थ्य चौकी, लक्ष्मीपुर बगेवा स्वास्थ्य चौकी, रघुनाथपुर आयुर्वेद औषधालय, पोखरी पिकनिक स्पोर्टलगायतका योजना अझै सम्पन्न हुन नसकेको उहाँको भनाइ छ । (रासस)