१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा विभिन्न उपसमितिहरू गठन गरेका छन्।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन गर्ने औपचारिक आह्वान गरेको हो।

पत्रकार सम्मेलनमा महाधिवेशनका लागि व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेन–जी युवा परिचालन लगायतका १८ वटा उपसमिति गठन गरिएको जानकारी गराइएको छ। ती उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जनाएको छ।

पक्षधरहरूले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले बाध्यकारी अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नुपरेको बताएका छन्। जारी विज्ञप्तिमा भनिएको छ,
“विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुने विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।”

विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति–सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जानकारी पनि दिइयो। साथै, महाधिवेशन आयोजना गर्न भृकुटीमण्डप यसअघि नै बुकिङ गरिसकिएको पक्षधरहरूको दाबी छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशन प्रभावित भएकाले विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्। तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएको छ।