१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

२५ औं जनयुद्द दिवस मथिंगलमा हजार प्रश्न

२५ औं जनयुद्द दिवस मथिंगलमा हजार प्रश्न
अ अ+ अ-

मनऋषि धिताल । नेपालको अढाई सय बर्ष पुरानो राजतन्त्रात्मक व्यवस्था बिरुद्द एक दशकसम्म लाखौ जनतालाई संगठित र ब्यबस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यहि फेब्रुअरी १३ देखि २५ औ हेमन्तमा लाग्दैछ । आफैमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउ सोहोर्दै छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केहि थान नेताहरुको जीवनमा भने बसन्त बहार आएको चाही धुर्ब सत्य हो । यो पंतिकारले आफ्नो जीवनका पुरै दुइ दशक स्वोयाम्सेवी रुपमा यो आन्दोलन भित्र बिताएकाले आफ्ना केहि बिचारहरु यहाँ लेख्दै छु । १९९६ फेब्रुअरी १३ लाइ आरम्भ बिन्दु मानिएको राजतन्त्र बिरुद्दको नेपाली कान्छो ससस्त्र बिद्रोहले पुरानो ब्यबस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेना बिरुद्द्द एक चौथाई सेना निर्माण गरेको इतिहासको तथ्य हो ।



देशका नब्बे प्रतिशत भूभागमा नया सत्ताका भ्रुणहरु जन्माएको अर्को तथ्य हो , राजनीतिक तथा फौजी रुपमा पुरानो सत्तालाइ हायल कायल पारेको पनि सत्य हो । सुदुर कर्णालीको अनपढ युबा सुदुर पूर्वको सामरिक नक्शा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजारौ फौजी ठेगानाहरुमा निर्मम हमला गरेको पनि सत्य हो । तर पच्च्चिस बर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन् ? र, केहि थान नेताहरु र तिनका परिवार वा भजन मण्डली नया सत्त्ताका मशिहा भएको मात्रै धुर्ब सत्य हो जस्तो लाग्दैन ?

संबिधान सभाबाट नया संबिधान निर्माण भएको र पुरानो ब्यबस्था आर्यघाटमा सेलाइएको सत्य हो तर केन्द्र देखि गाउ गाउ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ, के यौटा ब्यापारी र ठेकेदार राजा फालेर सैयौ राजाहरुलाई पुनर्स्थापित गर्न लाखौ जनताले आफ्नो आशु पसिना र बलिदानी गरेका थिए ? के समाजबाद ठेक्का पट्टा, कमिशन र भ्रस्टाचारको बाटो हुदै आउने हो ? र, बैधानिक रुपमा नियुक्त भएका केन्द्र देखि गाउ सम्मका राजाहरुको लागि आएको वा आउदै गरेको समाजबादलाइ आन्दोलनमा इमान्दार र क्रान्तिकारीहरुले काध थामिदिनु पर्ने कुरो ठिक हो ? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र ?

नेपाली जनयुद्दको पच्चीसौ बर्ष गाठको स्मरण गरिरहदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेत्रित्वोको इरादा बेपत्ता हाम्रा पत्रकार मिलन नेपाली लगाएत हजारौ असल नागरिकलाइ बिर्सन खोज्ने होइन र ? बेपत्ता बनाउने हरुलाई उन्मुक्ति, बढुवा र पुरस्कृत गर्न लाखौ घडी र पला जाग्राम हुने नेताहरु बेपता हाम्रा प्रिय कमरेडहरुको खोजिको लागि बिनय गर्दा किन सुतिरहेका होलान ? के यीनले फागुन १ सम्झिरहेका होलान ? सत्य के हो बेपता योद्दाहरुको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेहरुका पक्षमा सास नफेरी लाग्नु सत्य हो ? के संक्रमंणकालीन न्यायको कुनै गुन्जायस छ ?

पिडितलाइ प्रलोभन वा डर धम्कि होइन न्यायको बाटोका पक्षमा ओकालत गर्नु कर्तब्य हो वा अन्याय गर्नेहरुको शासन, ब्यापार र फुल्ली थप्न रबर स्ट्याम्प बनेर उनिहरुसंग लगनगाठो जोड्नु पच्चीस भित्रैको क्रान्तिकारी छलांग हो ? (ओ–अ) प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरु काम्दैनन ? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइनर ? यसै फागुनमा तत्कालीन राज्यले हत्या गरेका १४ बर्षका दिल बहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनि पछी क्रमश पछिल्लो मितिमा लगातार दश बर्ष सम्म मारिएका र जनताको ब्यबस्थाकालागि बिरता पुर्बक मृत्यु स्वीकार गरेका १४ हजार सुन्दर जीवनहरुको बलिदानमाथि नैतिकहीन राजनीति गर्नु भन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनहरुको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो ।

सहिदको बलिदानीबाट आएको र ल्याएको सार्बभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाइ उनीहरुको डाकागीरी र हत्या हिम्शाको पुरस्कार स्वोरुप भब्य सपथग्रहण गराउनु रातो गलैचा कुल्चिदै प्रतिक्राती आगनमा आइपुग्नु होइनर ? प्रतिक्रान्तिलाई रातो गलैचाको बाटो हुदै स्वागत गर्ने तर क्रान्तिकारीहरु बाध्यताले देश निकाला भएकोमा क्रिसमस केक काट्नेहरुबाट पछिल्लो क्रान्तिका उपलब्धिहरु अपहरित भएका छन् । के ति अपहरणकर्ताहरु बिरुद्द बोल्नु यो युगको आवश्यकता होइन ? फागुन १ वा फेब्रुअरी १३ को संदेश यो पच्चीस बर्ष पछी पनि यहि हो कि क्रान्तिका अपहरणकर्ताहरु बिरुद्द निरन्तर आवाज जारि राखौ शान्ति र न्यायको पक्षको हाम्रो आवाजले उनीहरुको स्वोर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारि राखौ । के यो अहिलेको सत्य यहि होइनर ?

आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र नया सस्करणको राजतन्त्र बिरुद्द आवाज उठाउनेलाइ अझै पनि जेलमा कोच्ने प्रचलनलाइ बैधानिक बनाइएको छ । अन्याय , भ्रटाचार र अशान्तिका बिरुद्द शान्ति,न्याय र शिष्टाचार मार्फत अपुरा राजनीतिक मुद्दाहरुलागि आवाज उठाउनेहरुको निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्को पुस्ता जन्मनु अनिवार्य छ । यदि (ओ–अ) प्रिय सतासीन लाल मित्रहरु तिमि बन्दुकले होइन बिबेकले शासित छौ भने र राजनैतिक नैतिकताको झिनो अम्श बाकि छ भने अघिल्लो राजतन्त्र देखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुठ्ठा मुदा माघ अन्तिम दिन अगेनामा जलाउ र फागुन १ मा निसर्त आममाफी सहित शान्तिका परेवा गणतन्त्रको नील गगनमा उड्न देउ ।

सलाम महान नेपाली जनता उसको अदम्य साहसको बिद्रोह जो महान थियो, रहिरहने छ – यो ‘प्लानेट’ रहेसम्म । तिमीले, क्रान्तिकारीका हत्याराहरुसंग रोज ‘रोज’ साटीरहदा र, उनिहरुसंगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्याउदै गर्दा हामी भने बिर्सने छैनौ-फेब्रुअरी १३ को आधिहुरी , तर बरु बिर्सने छौ १४को भ्यालेन्टाइन