५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

देशभरका भन्सार नाकामा लागू भएको अनलाइन मूल्यांकन डाटाबेस प्रणालीले कसरी काम गर्छ ?

देशभरका भन्सार नाकामा लागू भएको अनलाइन मूल्यांकन डाटाबेस प्रणालीले कसरी काम गर्छ ?
अ+ अ-

काठमाडौँ । सरकारले भन्सारमा जाँचपासमा लागू हुँदै आएको सन्दर्भ मूल्य पुस्तिकालाई खारेज गरेर अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि कसरी काम हुन्छ ? भन्नेमा केही दुविधा पनि देखिएको छ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भदौ ८ गतेबाट विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज हुँदै चोभार, त्रिभूवन विमानस्थल भन्सार कार्यालय लागू गरिएको अनलाइन मूल्यांकन डाटाबेस प्रणाली बाँकी रहेका १८ वटा भन्सार कार्यालयहरुमा कार्यान्वयन गएको बताउनु भयो । भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्चहरु जोडेर कायम हुने मूल्य नै कारोबार मूल्य हो । त्यो मूल्यमा भन्सारले मालवस्तु जाँचपास थालेको छ ।

उहाँकाअनुसार विगतका दिनहरुमा सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिजकहरु प्रश्तुत हुने गरेका थिए । भन्सार आफैँले सन्दर्भ मूल्यमा कुनैपनि वस्तुको मूल्य मिल्छ भने त्यसमा त्यति खोजिनिति गरिँदैन थियो । तर अब यो प्रणाली लागू भएपछि स्वतः व्यवसायीलाई इमान्दार बन्न दबाब सिर्जना भएको छ ।

निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य गर्दै व्यवसायी यो परिवर्तनअनुरूप वास्तविक कारोबार र सही कागजात मात्र पेश गरी इमान्दार हुनुपर्ने भण्डारीले बताउनु भयो ।

महानिर्देशक भण्डारीले भन्नुभयो–‘पहिले भन्सारले मालवस्तुको मूल्यांकन गर्दा सन्दर्भ मूल्य पुस्तिका थियो, त्यसलाई हटाएर गत भदौ ८ गतेबाट विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज हुँदै चोभार, त्रिभूवन विमानस्थल भन्सार कार्यालय लागू गरिएको थियो । पुस १८ बाट बाँकी रहेका १८ वटा भन्सार कार्यालयहरु अनलाइन मूल्यांकन डाटाबेस प्रणाली शुरुवात गरेका छौं । यो प्रणालीअन्तर्गत व्यवसायीले घोषणा गरेको कारोबार मूल्यमा आधारित मूल्यलाई मान्यता दिएर भन्सारले जाँचपास गर्छ । भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्चहरु जोडेर कायम हुने मूल्य नै कारोबार मूल्य हो । त्यो मूल्यमा भन्सारले मालवस्तु जाँचपास गर्नेछ । हामीले सन्दर्भ मूल्य पुस्तिका खारेज ग¥यौँ । पुष १८ देखि नेपालका सबै आसिकुडा सिस्टम लागू भएका भन्सार नाकाहरुबाट अनलाइन मूल्यांकन डाटाबेस प्रणालीमार्फत जाँचपास हुनेछ । जाँचपास गर्न व्यवसायीले घोषणा गरेको सही कारोबार हुनुपर्छ ।

असोजदेखि कार्यान्वयन गर्दा कतिपय व्यवसायीले हामीले जुन विजक पेश ग¥यौँ, भन्सारले त्यही बिजकलाई मान्यता दिएर जाँचपास गरिदिनुपर्छ भनेको पाइयो । हिजोका दिनहरुमा सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिजकहरु प्रश्तुत हुने गरेका थिए । भन्सार आफैँले सन्दर्भ मूल्यमा कुनैपनि वस्तुको मूल्य मिल्छ भने त्यसमा त्यति खोजिनिति गरिँदैन्थ्यो । तर अब व्यवसायीले पनि इमान्दार बन्ने वातावरण अहिले शुरु गरेको अनलाइन प्रणालीले गरेको छ । भन्सारमा व्यवसायीहरुले सही बिल बिजक प्रश्तुत गर्नुप¥यो । यदी सही प्रश्तुत गरिएन, झुटा आए भने जरिवाना तिर्नुपर्नेछ । व्यवसायीबाट सही विल बिजक आएको खण्डमा त्यही बिल बिजकलाई कारोबार मूल्यलाई आधार मानेर सबै भन्सार कार्यालयहरुले जाँचपास गर्नेछ । हिजोका दिनहरुमा भन्सारले मालवस्तुको बढी मुल्य कायम गरेको, बढी भन्सार तिर्नुपरेका गुनासाहरु व्यवसायीले गर्ने गरेका थिए ।

बिलबिजक जारी गरेर भ्याटको बिल इस्यु गर्न नसकेको गुनासाहरु व्यवसायीहरुबाट पटकपटक आउने गरेको थियो । यि लगायतका तामम समस्यालाई अनलाइन मूल्यांकन प्रणालीले समाधान गरेको छ । किनभने मुहानमै परदर्शीता अपनाइएको छ । २०५४ सालदेखि भ्याट कार्यान्वयन गरिएको थियो । भ्याट बिल बजारमा माग्दा अहिले पनि थप १३ प्रतिशत लाग्छ भन्ने सुनिन्छ । त्यो पाटोलाइ पनि अब समाधान भएर जानेछ । यदी व्यवसायीहरु इमान्दार भएर कारोबार गरेको खण्डमा भ्याटको समस्या समेत अनलाइन मूल्यांकन प्रणालीले समाधान गर्नेछ । खासगरी एजेन्टले मालवस्तुको घोषणा गर्दा ब्राण्ड मोडल, साइजहरु सही तरिकाले घोषणा गरिदिनुपर्छ । व्यवसायीहरुले आफूले आयात गरेका वस्तुहरुको कागजात सही रुपमा एजेन्टमार्फत पेश गरिदिनुप¥यो । त्यसपछि भन्सार प्रशासनले कारोबार मूल्यमा पास गरेर अघि बढेपछि भोलीका दिनमा भन्सार बाट पारदर्शी रुपमा कारोबार गर्नसक्ने आधार सिर्जना अनलाइन मूल्यांकन प्रणालीले गरेको छ । 

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई एउटा सही कारोबार मूल्यमा आधारित भएर बनाउन र परदर्शीता कायम गर्न अनलाइन मूल्यांकन प्रणालीले आधार प्रदान गरेको छ ।  यो प्रणालीसँगसँगै जोखम व्यवस्थापन प्रणाली समेत लागू गरिएको छ । यो प्रणाली एआइमा आधारित छ । यसले कुनै वस्तु वास्तविक मूल्यभन्दा तल वा माथि आएमा सिस्टमै छुट्याउनेछ र त्यसलाई हेरेर भन्सार अधिकारीले वस्तु जाँचपास गर्नेछ । विगतमै आसिकुडा सिस्टममा प्रज्ञापनपत्रहरु सेभ भएर बसेको अवस्था छ । अहिले पनि त्यो हेर्न चाहँदा कुन व्यवसायीले, कुन इन्पोटरबाट कुन समान कति मूल्यमा ल्याएको हो  ? कुन एजेन्टले घोषणा ग¥यो ? भन्सारका कुन अधिकारीले ती वस्तु जाँचपास गरे त्यो रेकर्ड भएर बसेको अवस्था छ । ति सबै हेर्नसक्ने अवस्था छ ।’

महानिर्देशक भण्डारीले भन्सार प्रशासनसँग विगत २७ वर्षदेखि निजी क्षेत्रले माग गरेको सन्दर्भ मूल्य हटाउनुपर्ने, व्यापारको लागत बढायो, बिलिङहरु जारी गर्न सकेनौँ भन्ने व्यवसायीका मागहरु सम्बोधन भएको बताउनु भयो ।