१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश क्रिकेट टिम भारत जान किन अस्वीकार गर्दैछ ?



अ+ अ-

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेलाडीको “सुरक्षा र कल्याण” सम्बन्धी चिन्ता जनाउँदै टी–२० विश्वकपका लागि भारत आउन अस्वीकार गरेको छ।

भारत र बंगलादेशबीच बिग्रँदै गएको राजनीतिक सम्बन्ध र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले कोलकाता नाइट राइडर्स (केकेआर) बाट बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई हटाउन दिएको निर्देशनपछि अवस्था थप जटिल बनेको हो ।

बंगलादेशका विश्वकपका खेलहरू कोलकाता र मुम्बईमा तय गरिएका थिए। बंगलादेशले फेब्रुअरी ७ मा कोलकाताको इडेन गार्डेनमा वेस्ट इन्डिजविरुद्ध उद्घाटन खेल खेल्ने तालिका थियो । प्रतियोगिता सुरु हुन अब एक महिना मात्र बाँकी रहँदा बीसीबीको यो निर्णयले प्रतियोगिता तालिकामा अन्योल सिर्जना गरेको छ।

बीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालको परिस्थितिको गहन मूल्याङ्कन, भारतमा बंगलादेशी टोलीको सुरक्षा र संरक्षासम्बन्धी बढ्दो चिन्ता तथा बंगलादेश सरकारको सुझावलाई ध्यानमा राख्दै, बोर्ड अफ डाइरेक्टर्सले वर्तमान अवस्थामा राष्ट्रिय टोलीलाई भारत नपठाउने निर्णय गरेको हो।”

बीसीबीले यस निर्णयपछि प्रतियोगिताको आयोजक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष औपचारिक रूपमा बंगलादेशका सबै खेलहरू भारतबाहिर सार्न अनुरोध गरेको जनाएको छ।

बीसीबीको विज्ञप्ति आउनु दुई घण्टा अघि नै बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले सामाजिक सञ्जालमार्फत बोर्डको निर्णयको समर्थन गरेका थिए। उनले फेसबुकमा लेखेका छन्, “बीसीबीले विश्वकपका लागि बंगलादेशी टोली भारत नपठाउने निर्णय गरेको छ।” स्रोतका अनुसार बीसीबीले लामो छलफलपछि यो निर्णय गरेको हो र यस विषयमा आईसीसीसँग प्रतिक्रिया मागिएको छ ।

बंगलादेशका खेलहरू सारिएमा थप जटिलता उत्पन्न हुने देखिन्छ। २०२६ टी–२० विश्वकप भारत र श्रीलंकाको सह–आयोजनामा हुँदैछ। यो प्रतियोगिता २०२५ च्याम्पियन्स ट्रफीजस्तो ‘हाइब्रिड मोडेल’मा आयोजना हुने नभएकाले आईसीसीले बंगलादेशको अनुरोध स्वीकार गर्छ वा गर्दैन भन्ने विषय अझै अनिश्चित छ।