२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई न्यानो कपडा वितरण



अ+ अ-

गोरखा, २० पुसः गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो । जसअन्तर्गत माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३, माझथर मावि माझथरका ३६५ र भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७, मूलदेवी आधारभूत विद्यालय ग्याजी हुडिफाँटका ३३, धर्मवती आधारभूत विद्यालय भालुस्वाराका १३ र नारदपोखरी आधारभूत विद्यालय तुम्सिकाका सात बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष भट्टको भनाइ छ ।

जाडोयाममा पहाडी ग्रामीण भेगका बालबालिकालाई न्यानो लुगाको अभावमा विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको हो । तीन दिनसम्म प्रत्येक विद्यालय नै पुगेर कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष न्यानो कपडा वितरण नभएका विद्यालय छनोट गरेर यस वर्ष न्यानो कपडा वितरण गरिएको हो । पर्यटन व्यवसायीसमेत रहनुभएका समाजसेवी ठाकुर धिताल र बारपाक सलिकोटका नरबहादुर गुरुङको विशेष पहलमा संस्थासँग समन्वय गरेर बालबालिकालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।रासस