१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै उद्धार नहुँदा नदीमा फसेको डमरूको मृत्यु



अ+ अ-

धनगढी । कञ्चनपुरको जोगबुढा नदीमा फसेको बाघको करिब दुई महिनाको बच्चा (डमरू)को समयमै उद्धार नहुँदा मृत्यु भएको छ।

दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन नजिक बुधबार बिहान हिलो र पानीमा फसेको अवस्थामा डमरू भेटिएको थियो। स्थानीयले डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे पनि उद्धारमा ढिलाइ भएको आरोप लगाएका छन्।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको लापरवाहीका कारण मृत्यु भएको दाबी गरे। उता, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले चिकित्सकसहितको टोली समयमै पुगेको र माउ बाघ वरपर भएकाले माउले नै बच्चा लैजाओस् भनेर प्रतीक्षा गरिएको बताए।

अत्यधिक चिसो, हिलो र पानीमा लामो समय फसेकाले डमरुको मृत्यु भएको आरोप छ ।

निकुञ्जका अनुसार प्रतीक्षाकै क्रममा डमरूको मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हाल ४४ बाघ संरक्षित छन्।