३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

पर्यटक लोभ्याउँदै राना थारू

पर्यटक लोभ्याउँदै राना थारू
अ+ अ-

कञ्चनपुर । राना थारू समुदायका परिकारको स्वादको मज्जा लिनका लागि पर्यटक भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा रहेको राना थारू घरवास (होमस्टे) पुग्ने गर्दछन् । घरवासमा पुग्ने पाहुनालाई अन्ती धानको चामलको भात, गहुँ वा चामलको पिठोमा नुन, खुर्सानी, हल्दी, मिसाएर पिडालुको पातलाई पोतेर बटारी गोलो बनाई बाफमा पकाई टुक्रा बनाई तेलमा तारिने पतौला, उसिनेको आलुलाई भिजाएर मुसुरोको दालमा नुन खुर्सानी मिसाई चामलको पिठोमा घारो लगाई तावामा पकाईने कुथुवा रोटी, गहुँको पिठोमा चिनी राखी पिठोलाई टुक्रा–टुक्रा बनाई तेलमा तारेर तयार गरीने खजुरीया, मिसौला, सिमही, पुरीलगायतका परिकार पस्कीने गरिएको छ ।

परम्परागत परिकारको स्वाद लिनकै लागि स्वदेशीदेखि विदेशी पर्यटक घरवासमा पुग्ने गरेका बसन्ती रानाले बताइन् । घरवासमा सहभागी परिवारले परिकार बनाउन जैविक तरकारी र अन्न आफैँ उत्पादन गर्दै आएका छन् । ‘पर्यटकको रोजाईअनुसारका परिकार तयार गरी पर्यटकलाई पस्कीने गरेका छौँ’, उनले भने, ‘पर्यटकले राना थारू समुदायका चाड पर्वका बेला बनाइने परिकार निकै मन पराउने गरेका छन् ।’ परिकार बनाउन आवश्यक बस्तुको अभाव भए एक परिवारले अर्को परिवालाई पैँचोका रूपमा उपलव्ध गराउने गरेका छन् ।

घरवास सञ्चालन गर्दा सुरुमा आवश्यक सामग्री बजारबाट खरिद गरेर ल्याउने राना थारू समुदायले हाल अन्न, तरकारी, दुध र दहीलगायत घरमै उत्पादन गर्दै आएका छन् । घरवास सञ्चालनको कार्यमा संलग्न सबै परिवारले बारीमा जैविक तरिकाबाट बाह्रै महिना तरकारी उत्पादन गर्दै आएका छन् । दूध उत्पादनका लागि उन्नत नश्लका गाई भैँसीसमेत पालेका छन् ।मौलिक खान्कीसँगै पर्यटकले राना थारू समुदायको मुख्य संस्कृतिका रूपमा रहेको होली नृत्यको मज्जा लिनसमेत पछि पर्दैनन् । घरवासमा तीन प्रकारको होली र आधुनिक गितमा देखाइने रागनी नृत्य पर्यटकले बढी मन पराउने गरेका छन् ।

घरवासमा पुग्ने पर्यटको रोजाइमा पर्ने प्रति नृत्यको पाँच सय शुल्क लिने गरिएको छ । पर्यटकलाई पस्कीने परिकारअनुसार शुःल्क निर्धारण गरिएको छ । राना थारू समुदायका महिलाले अन्य समुदायभन्दा भिन्न विशिष्ट प्रकारको पहिरन लगाउने गर्दछन । जसलाई हेर्न र क्यामेरामा तस्वीर कैद गर्नका लागि पर्यटक लोभिने गरेका छन् । थारू महिलाले टाउकोदेखि खुट्टाको पैंतलासम्म लगाउने घुघँट, चापी, वीर, नक्बेसर, नथुनी, कठुला, सकरगरेला, हसुला, हार कैँधनी, लगौरा, औँठी, पहुँची, ढुन्नी, पैँडा, पायल र बिछियालयायतका गहना लगाउने गरेका छन् ।

यसैगरी, राना थारू महिलाले पाखुरामा लगौरा, नाडीमा पहुँची, औंलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कैंधनी, पैँतला माथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दछन् । गर्दनमा कण्ठ, गरिया र घिच्चि महिलाले लगाउने गरेका छन् । जुन अन्य समुदायका गहनाभन्दा निकै भिन्न छन् । विसं २०७२ मा घरवास सञ्चालन गर्दा माटो र खरबाट बनेका घरमा पर्यटकलाई राखिँदै आएको थियो । हाल ती घरको स्तरोन्नती गरी इँटा, सिमेन्ट र छानाका लागि जस्तापाताको प्रयोग गरी बनाइएको छ ।

आठ घरधुरीले घरवास व्यवसाय सञ्चालन गर्दै आएका छन् । खान र बस्नका लागि प्रति पर्यटकबाट सञ्चालकले ६ सय शुल्क लिने गरेका छन् । संस्कृति देखाउनका लागि घरवास सञ्चालकले छ धुर जग्गा खरिद गरी दुई तले घर निर्माण गरिएको छ । जग्गा खरिदका लागि १२ लाख रकम घरवास सञ्चालन गर्दै आएका परिवारको कमाइबाट जुटाइएको राना थारू समुदाय घरवासका सचिव चेतराम रानाले बताए । भवन निर्माणका लागि नगरपालिका कार्यालयबाट एक लाख, वडा कार्यालयबाट एक लाख र ताल नामक गैरसरकारी संस्थाबाट १२ लाख रकम जुटाइएको छ ।

घरवास सञ्चालन गर्दै आएका परिवारलाई पर्यटकको रुचिअनुसारको परिकार वनाउन तालिमसमेत दिइएको छ । घरवासमा बस्न आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमाउने व्यवस्थासमेत गरिएको छ । निकुञ्ज कार्यालयसँग समन्वय गरी निकुञ्जभित्र रहेका संरक्षित जिवजन्तुसँगै ताल तलैया र संरक्षितमध्ये सबैभन्दा ठूलो फाँट देखाइँदै आएको छ । पर्यटकलाई निकुञ्ज देखाउनका लागि पथप्रदर्शकको कमी रहेको कविता रानाले बताए । घरवास सञ्चालन गर्दै आएका परिवारले मासिकरूपमा ३० हजार जति कमाई गर्दै आएका छन् ।

पाँच वर्षको अवधिमा नौ हजार बढी पर्यटकलाई घरवासमा पाहुनाका रूपमा सत्कार गरिएको छ । घरवास सञ्चालन भएपछि संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै परम्परागत परिकार जोगाउन मद्दत पुगेको छ । नयाँ पुस्तालाई पुराना पुस्ताले वर्षौदेखि लगाउँदै आएका पहिरन र गहना बारे जानकारी दिन सकिएको छ । सौर्य दैनिकबाट