• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो



काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापनमा चासो व्यक्त गरेका छन् ।

आइतवार ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकालसहित सरोकारवालासँग छलफल गर्दै मन्त्री मानन्धरले उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न निर्देशन दिए ।

ट्राफिक प्रहरी प्रमुख ढकाल, महानगर प्रहरीका प्रमुख धनपति सापकोटा लगायत वरिष्ठ अधिकारीहरु सहभागी कार्यक्रममा मन्त्री मानन्धरले उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन निर्देशन दिएका हुन् । ‘उपत्यकामा पार्किङ अव्यवस्थित भयो,’ मन्त्री मानन्धरले भने,‘यसलाई व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु आवश्यक छ ।’

सरकारले सहरी क्षेत्रको पार्किङ व्यवस्थापनका लागि कार्ययोजना बनाइरहेको बताउँदै राज्यमन्त्री मानन्धरले सहरी सुन्दरतालाई कायम राख्ने गरि कार्यक्रमहरु ल्याउने बताए ।

शहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउने बताउँदै मन्त्री मानन्धरले भने,‘उपत्यकामा खाली रहेका स्थानहरुमा व्यवस्थित पार्किङ स्थलहरु बनाइने र ति स्मार्ट हुने गरि निर्माण गर्ने गरि कार्ययोजना तयार हुनेछ ।’