२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिना राष्ट्रिय गान प्रदेश प्रमुखको कार्यक्रम



अ+ अ-

बुटवल । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले आइतबार बिहान बुटवलको बहुमुखी क्याम्पसमा औपचारिक कार्यक्रमको आयोजना गर्यो । विभिन्न क्षेत्रमा योगदान दिएका ३५ जनालाई प्रदेश रत्न बाट विभुसित पनि गर्यो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशले गरेका कामको केही बेलिविस्तार गराए । सोही कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव उपस्थित भए पनि उनको सम्बोधन भएन । शनिबारै साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले रात्रि भोजको आयोजनामा उनको सम्बोधन गर्ने कार्यतालिका तय भए पनि उनले सम्बोधन गरेनन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो कार्यकालमा पहिलोपटक रात्रिभोजको आयोजना गरेका हुन् । प्रदेशको पहिलो स्थापना दिवसको अवसरमा तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले पनि रात्रिभोज दिएका थिए । तर, पहिलो स्थापना दिवसमा भन्दा दोस्रो स्थापना दिवसमा दिइएको रात्रिभोज बारे पनि अहिले टीकाटिप्पणी सुरु भएको छ । स्थापना दिवसको अवसरमा रात्रिभोज दिनुअघि औपचारिक कार्यक्रमसमेत गरियो । तर, सोही कार्यक्रम राष्ट्रिय गीत र सहिदलाई नसम्झी गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवको कार्यकुशलतामाथि जनताहरूले ‘अपरिपक्क’ भन्दै टिप्पणी गरेका छन् ।

त्यति मात्र होइन औपचारिक कार्यक्रममा सहिद सम्झेर मौनधारण नगरिनु र राष्ट्रिय गानसमेत नबजाउनुलाई अर्थपूर्ण तरिकाले बुझिएको छ । साँझ ६ः३० बजे मुख्यमन्त्री शंकर पोखरेल पुग्न साथ कार्यक्रम सुरु भए पनि राष्ट्रिय गीत पनि कार्यक्रममा बजाइएन भने मौनधारणासमेत गराइएन् । सामान्य उच्च ओहोदाका पदाधिकारीबाट आयोजना गरिने कार्यक्रम एवं विशिष्टकृत व्यक्तित्वहरू भएका ठाउँमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय गीत र सहिदको सम्झना कार्यक्रमको सेडुलमा पार्ने गरिन्छ ।

तर, रात्रिभोजमा भने दुवै कार्यक्रम नभई सिधै पुस्तक विमोजनबाट सुरु भएको थियो । त्यसपछि कार्यक्रममा प्रदेश प्रमुख यादवले शुभकामना मन्तव्य दिए र रात्रिभोज गरेका थिए । पुस्तक विमोचनसहित औपचारिक कार्यक्रम गरेपछि राष्ट्रिय गान नबजेकोमा कमजोरी भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य भोप्रसाद श्रेष्ठ बताउँछन् । प्रदेशसभामा नेपाली कांग्रेसका सभासद बैजनाथ कलवार पनि राष्ट्रिय गान नबजेकोमा कार्यक्रम नै खल्लो लागेको बताउँछन् । जसका कारणले प्रदेश पायौँ, उनै सहिद नसम्झनु गलत भएको कलवारको भनाइ छ । सौर्य दैनिकबाट