९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको समानुपातिक सूचीमा राखिएको प्रति महेन्द्र लावतीको असहमति



अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता डा महेन्द्र लावतीले समानुपातिक तर्फको बन्द सूचिमा आफ्नो नाम राखिएको प्रति असहमति जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा हिजोमात्र उनको नाम पनि बुझाएको थियो । उनी उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएपछि कुलमानको कोटाबाट सो सूचीमा परेका थिए ।

तर पनि उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको भन्दै हिजो नै त्यसको विरोध गरेका थिए । पार्टी समाहित गर्दा आफूहरूसँग सल्लाह नगरिएको उनको भनाई छ ।

त्यसैले आज समानुपातिक सूचीमा आफ्नो नाम सार्वजनिक भएपछि विरोध जनाएको उनले बताएका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्द समानुपातिक उमेद्वारको सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औँ नम्बर लावतीको नाम छ ।

सो सूचीबाट आफ्नो नाम झिक्न भनेको भन्दै डा लावतीले आफ्नो धारणा आज विराटनगरबाट सार्वजनिक गरेका हुन् ।