११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट



डिल्लीराज भट्ट / फाइल फोटो
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको बताउनुुभएको छ ।

तमु धिं नेपालद्वारा तमु ल्होछारको अवसरमा पोखरामा आयोजित तमु ल्होछार महोत्सव–२०८२ को आज उद्घाटन गर्दै उहाँले भाषा, संस्कृति, वेशभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ रहेको बताउनुुभयो ।

ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा उहाँले जोड दिनुुभयो । तमु समुदायको सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा उहाँले सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो ।

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको बताउँदै प्रदेश प्रमुख भट्टले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको उल्लेख गर्नुुभयो ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशसभा सदस्य सरस्वती तमुलगायतले ल्होछारको सांस्कृतिक महत्वलगायतका विषयमा आआफ्ना धारणा राखेका थिए । रासस