१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने



अ+ अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फको छुट्टै बन्दसूची बुझाउने तयारी थालेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि अन्तिम दिन भएकाले छुट्टै सूची बुझाउने निर्णयतर्फ पार्टी अघि बढेको हो।

आइतबार बेलुका र रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) र कुलमान घिसिङबीच एकताबारे छलफल भए पनि वार्ता निष्कर्षविहीन भएको थियो।

एकताबारे थप छलफल गर्ने सहमति भए तापनि आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन भएकाले छुट्टै सूची बुझाउने तयारी गरिएको उज्यालो नेपाल पार्टीका एक नेताले जानकारी दिए।

उनका अनुसार पार्टीले आजै समानुपातिक सूची बुझाउने अन्तिम तयारी गरिरहेको छ।