३ भाद्र २०८३, बुधबार
,
Latest
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमृत र इबीए विजयी



अ+ अ-

अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाइ थ्रीमा सोमबार जित हात पारेका छन् । दुवैले एनआईसीलाई पराजित गरे । अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक जोडे । जुनियर ब्वाइजमा मातृभुमिले दोहोरो जित निकाल्यो ।

पहिलो खेलमा मातृभुमिले नव ज्ञानभुमिलाई २९–२५ ले पाखा लगायो । विजेताका अभिनव गुरुङले १२ अंक योगदान गरे । अर्को खेलमा अभिनवकै १४ अंक सहयोगमा मातृभुमिले भक्तिलाई २२–१९ ले पन्छायो । नेपाल मोडेल पनि दुई खेलमा जित हात पार्न सफल भयो । नेपाल मोडेलले फ्युजन एकेडेमीलाई २३–१७ तथा स्किम्सलाई २६–२० ले निराश पार्यो। फ्युजन विरुद्ध नेपाल मोडेलका कृष्ण काफ्लेले १३ तथा स्किम्स विरुद्ध नेपाल मोडेलका प्रनिश अधिकारीले ९ स्कोर गरे ।

जुनियर ब्वाइजमै नव ज्ञानभुमिले काठमाडौं ग्लोबललाई २५–२० तथा भ्याली पब्लिकले अमृतलाई २०–१८ ले पराजित गरे । नव ज्ञानभुमिका विपिन श्रेष्ठले १२ तथा भ्याली पब्लिकका सौगातले ९ अंक बटुले ।