१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाईटेडसंग चेल्सी पराजित



अ+ अ-

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले हार बेहोरेको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराएको हो । युनाईटेडलाई जित दिलाउन एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरेका थिए । आरोन वान बिसाकाको क्रसलाई सदुपयोग गर्दै मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६६ औ मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुईरेले हेडमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे । बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भारमार्फत मान्यता दिन अस्विकार गरेका थिए ।

शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । युनाईटेड ३८ अंक सहित सातौ स्थानमा छ ।