२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल – २०७८ पुस १६ गते, शुक्रबार



अ+ अ-

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक काम गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 आज सफल भ्रमणको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । भ्रमणको योग पनि छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज सामान हराउने वा चोरी हुने सम्भावना छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 आज कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( – ज्यो.प. नारायणप्रसाद दुलाल )