१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उहाँले बताउनुभयो । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भन्नुभयो ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।