२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ ।’



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्द र रूपमा भन्दा कर्म र सारमा देखिनु पर्ने बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा पूर्वराजा शाहले प्रजातन्त्रलाई जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने बताएका हुन् ।‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रूपमा होइन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलंकार वा रूपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो’, पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Hop in for a free ride with

प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘केही टाठाबाटाका निमित्तमा होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ ।’ उनले आफू देशविदेशका भ्रमणमा जाने क्रममा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको पनि उल्लेख गरेका छन् । ‘नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन,’ उनले भनेका छन् ।

पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने बताएका छन् । ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौं र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सौर्य दैनिकबाट