३ भाद्र २०८३, बुधबार
,
Latest
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फुटबल: एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो । खेलको चौथो मिनेटमा साउल निगुएजले गरेको गोल एट्लेटिकोलाई पहिलो लेगको खेलमा अग्रता दिन पर्याप्त रह्यो ।दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

लिभरपुलले खेलमा दुई राम्रा गोलको अवसर प्राप्त गरेको थियो । तर मोहमद सलाहा र जोडन हेन्डरसन गोलमा चुकेका थिए । मुख्य प्रशिक्षक योर्गेन क्लोपले साडियो माने र सलाहाको स्थानमा डिभोक ओरिजी र एलेक्स ओक्सलेड चेम्बरलेनलाई मैदान उतारेपनि खेलमा प्रभाव देखिएन । एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ ।

खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ । दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ ।