१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम र रञ्जिताको पार्टीबीच एकता हुँदै



अ+ अ-

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ ।

गत भदौमा विभाजन भएको दुवै पार्टी शनिबार एकतामा जाने सहमतिमा पुगेका हुन् ।

एकतापछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ भने झन्डा र चुनाव चिन्ह पनि सोही पार्टीकै कायम हुने बताइएको छ । एकता हुने कुराको पुष्टि अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छन् ।

२०७८ पुसमा गठन भएको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादका कारण विभाजित भएको थियो ।

२०८० पुसको महाधिवेशनपछि नेतृत्व विवाद चर्किँदा रेशम चौधरी पार्टीबाट अलग भई नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।

पाँच महिनापछि दुवै पक्षबीच पुनः सहमति जुट्दै एकता हुन लागेको हो ।