२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी टोलीद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा कार्यालयको अनुगमन–फोटोफिचर



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर क्षतिको अवस्था अवलोकन गरेको हो । अनुगमनका क्रममा टोलीले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेको छ ।

अनुगमन टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।

टोलीले घटनाको समग्र अवस्था, क्षतिको विवरण तथा आगामी कदमका विषयमा जानकारी लिँदै राजनीतिक संवादलाई अघि बढाउने उद्देश्यले छलफल गरेको जनाइएको छ ।