१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लुटिङ फ्यासिलिटी कसैलाई छैन’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले जनप्रतिनिधिलाई लुटिङ फ्यासिलिटी दिनलाई नपठाएको बताएका छन् । उनले भ्रष्टाचार र लुटतन्त्र मच्चाउनका निम्ति शासन सत्तामा नपु¥याएको बताउँदै भ्रष्टाचारप्रति शून्य सहनशिलता बोलीमा होइन व्यवहारमा अपनाएको उद्घोषसमेत गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार गर्ने कसैलाई पनि छुट नहुने स्पष्ट पारे । ‘शासनमा रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटिङ फ्यासिलिटी दिएको भन्ने होइन । त्यो चिजको सुविधा हुँदैन,’ उनले भने, ‘स्वच्छता, पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्नेबितिक्कै मैले भन्ने गरेको छु कि-म यसमा कसैको अनुहार हेरेर निर्णय गर्दैन ।’

भ्रष्टाचारको आरोप लागेपछि सञ्चारमन्त्रीले राजीनामा दिएको केही समयपछि आयोजित कार्यक्रममा उनले कसैको पनि अनुहार नहेर्ने बताएका हुन् । ‘सुशासनका निम्ति चाल्न पर्ने कदम यहाँहरूले देख्नै भएको छ । सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिचकिचाउँदिनँ,’ उनले भने, ‘अप्ठ्यारा त आउँछन्, अवश्य आउँछन्, कठिनाइ अवश्य आउँछन् । कहिले कहिले मान्छेहरूले भन्ने गर्छन् तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यही चालले’ मलाई त्यसको चिन्ता होइन ।’ आफू प्रणाली स्थापना गर्नका लागि काम गरिरहेको उनको दाबी थियो ।

प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने भन्दा पनि आफ्नो मुख्य उद्देश्य भनेको एउटा प्रणाली स्थापित गर्ने हो । प्रधानमन्त्री ओलीले कसैले पनि लामो समय शासन नगर्ने र आफू पनि त्यस पक्षमा नरहेको बताए । उनले भने, ‘हजार वर्ष कसैले शासन गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय शासन गर्न दिँदै दिँदैन । जस्तै राम्रो गरे पनि धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन ।’ सौर्य देनिकबाट