३ भाद्र २०८३, बुधबार
,
Latest
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबीएलाई दोहोरो उपाधि



अ+ अ-

काठमाडौं । आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । इबीए ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । धापासीस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा इबीएले एनईएलाई ३६–२७ ले पराजित गर्यो । इबीएका सुनिल मल्लले २२ अंक जोडे । सुरुका तीन क्वाटरमा अग्रता लिएको इबीएले क्रमशः ९–६, १५–२ र ८–६ को प्रदर्शन गर्यो । चौथोमा इबीए ४–१३ ले पछि पर्यो ।

गल्र्सको थ्री बाइ थ्री उपाधि भिडन्तमा इबीए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ ले हरायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोर गर्ने दुवै सुनिल र इशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एनईएका नारायण पौडेल तथा गल्र्समा इबीए ‘बी’ की अस्मिता विक प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए । नारायणले ९८ तथा अस्मिताले ४२ स्कोर गरे ।

ब्वाइजमा इबीएका नवीन खनाल तथा गल्र्समा इबीए ‘बी’ की दिब्य मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा मातृभुमि तथा गल्र्समा अमृत अनुशासित टिम ठहरिए । विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।