१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाईटहाउस यु–१८ च्याम्पियन



अ+ अ-

ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाईटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो । ह्वाइटहाउसका सुरज खत्रीले ८ अंक जोडे । ह्वाइटहाउसले पहिलो क्वाटरमा १०–८, दोश्रोमा १४–१२ र तेश्रोमा २०–७ को अग्रता लिएको थियो । चौथोमा जेभियरले १८–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

विजेता ह्वाईटहाउसका विशाल मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे । विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।