५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ ।

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताउनु भयो । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्नुहुँदै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताउनु भयो । उहाँले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईंहरुका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नुपर्छ र ? मैले मन्त्रीहरुलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरु भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरुलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईंहरुको हो । नत्र भने मन्त्री भएर नबस्नुस् ।’

उहाँले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो । सरकारले नयाँ नयाँ कुराहरु गर्न शुरु गरे काम नहुने बताउनु भयो ।