२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो घोषणा गर्नुभएको हो । आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गर्नुभयो । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताउनु भयो । उहाँले अहिले क्रियाशिल सदस्यको कामहरु पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाउनु भयो । उहाँले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताउनु भयो । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताउनु भयो । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले भन्नुभयो, ‘अहिले तलबाट क्रियाशिल सदस्यको कामहरु हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशिल सदस्य पठाइदिनुपर्ने कुराहरु जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्नसक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ । पत्रपत्रिकाहरु हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ । म अहिले पार्टीको सभापतिको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु । अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो ।’

महामन्त्री थापाले नियमित अधिवेशन हुनुपर्ने वा विशेष महाधिवेशन हुनैपर्ने बताउनु भयो । महाधिवेशन बिना नेपाली काँग्रेस महाधिवेशनमा नजाने बताउनु भयो ।