काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा युनाइटेड एस्टन भिल्लासँग १–२ गोलले पराजित भएको हो ।
घरेलु टोलिको जितमा दुबै गोल मोर्गान रोजर्सले गरे । खेलको ४५ औं मिनेटमा रोजर्सले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसलगत्तै इन्जुरी समयमा म्याथ्युस कुन्हाले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।
५७ औं मिनेटमा रोजर्सले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गर्दै भिल्लालाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल हुन सकेन र भिल्ला विजयी बन्यो ।
यो नतिजापछि भिल्ला १७ खेलबाट ३६ अंकका साथ तेस्रो स्थानमा छ भने युनाइटेड २६ अंकका साथ सातौं स्थानमा छ ।










