६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभियामाथि रियलको जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले सेभियालाई २–० गोलले हराएको हो । घरेलु टोलिको जितमा ३८ औं मिनेटमा जुड बेलिङहमले तथा ८६ औं मिनेटमा (पेनाल्टी) किलियन एम्बाप्पेले गोल गरे । ६८ औं मिनेटमा मार्कोस टेक्सेरियाले रातो कार्ड खाएपछि सेभिया १० खेलाडीमा समेटियो ।

जितसँगै रियल १८ खेलबाट ४२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बार्सिलोनाको १७ खेलबाट ४३ अंक छ । यता सेभिया २० अंका साथ नवौं स्थानमा छ ।