४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि
अ+ अ-

कास्की । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ ।

प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । गत वर्ष विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार धनराशि पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई समेत रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट एक जना राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई रु ३५ हजार, प्रमाणपत्र तथा दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा साविक विजेता थ्रीस्टार क्लब तथा उपविजेता त्रिभुवन आर्मी क्लबसहित मनाङ मस्र्याङ्दी, ब्रिगेट ब्याइज, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सङ्कटा, झापा ११ फुटबल, क्लब, गान्टोङ सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखरा गरी १० टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।

पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस् हब’का रुपमा परिचित गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनुका साथै नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर उपलब्ध गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास आयोजकको छ । अध्यक्ष थापाले प्रतियोगितास्थलका बारेमा केही आशङ्का रहेकामा राष्ट्रिय खेलकूद परिषद्ले निर्माणाधीन पोखरा फुटबल रङ्गशालामा नै प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएसँगै आशङ्का हटेको र विभिन्न १४ उपसमिति गठन गरेर प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले फुटबल रङ्गशालाको प्यारापिटमा हालसम्म १३ हजार ५०० कुर्सी जडान गरिसकिएकाले प्रतियोगिता सञ्चालनमा कठिनाई नहुने तथा प्रतियोगिता शुरु हुने बेलासम्म १६ हजार कुर्सी जडान भइसक्ने बताउनुभयो । सहाराले प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गरिरहेका छन् ।