६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई उसकै घरेलु मैदानमा १–२ गोलले हराएको हो ।

खेलको ३३ औं मिनेटमा जाभी सिमन्सले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

५६ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दा लिभरपुल ०–२ ले अघि बढ्यो । यता, ८३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई १–२ को स्थितीमा ल्याए । तर, त्यसपछि खेल त्यति गोलमै टुंगियो र लिभरपुल विजयी बन्यो । यो नतिजापछि १७ खेलबाट २९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने टोटेनहम २२ अंकका साथ १३ औं स्थानमा छ ।