१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस



फाइल फोटो
अ+ अ-

रौतहट। नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवारका रूपमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नाम रौतहट क्षेत्र नं १ बाट सिफारिस गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं १ बाट यादवसहित चार जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति बैठकको निर्णयअनुसार जिल्ला कार्यसमितिलाई पठाइएको पत्रमा प्रत्यक्षतर्फ मुख्यमन्त्री यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस भएको कांग्रेस मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसङ्ख्यक तथा खुल्ला समूहबाट आठ जनाको नाम सिफारिस भएको छ ।

प्रचार विभाग प्रमुख गुप्ताले राष्ट्रियसभा सदस्यका लागि चिरञ्जीवीप्रसाद सिंह (अल्पसङ्ख्यक/खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको बताउनुभयो । अन्य क्षेत्रको उम्मेदवारको सिफारिस आइतबार सार्वजनिक गरिने कांग्रेस रौतहट जिल्ला कार्यसमितिका सचिव मिथलेश मिश्रले जानकारी दिनुभयो । रासस