१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोयल्टी कप फुटबल प्रतियोगिता आइतबारदेखि



अ+ अ-

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा दसौं लोयल्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

सेभेन ए साइड स्वरुपको प्रतियोगितामा आयोजकको दुईसहित १२ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा सिद्धार्थ बनस्थली, नेक्सस, लोयल्टी ‘ए’, टीआईए, हिमालयन र लोयल्टी ‘बी’ रहेका छन् । काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन र शिशु मिलन समूह ‘बी’ मा छन् । प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि एलएले जितेको थियो । फाइनल १६ गते हुने छ । पहिलो दिन हुने एक मात्र खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससको सामना गर्ने छ । प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।