२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन



अ+ अ-

काठमाडौं, पुष ५: खराब प्रदर्शन गरेपछि एपिएफ साफ क्लब महिला च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने अवसर गुमाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपिएफ शनिबार भारतीय टोली इस्ट बंगालसँग ३–० को लज्जास्पद हार सामना गरेपछि उपाधि उचाल्न असफल भयो ।

इस्ट बंगालकी कप्तान फाजिला इक्वापुटले दुई र सिल्कीदेवि हमामले एक गोल गरिन् । कमजोर रक्षपंक्ति र गोलकिपिङका कारण एपिएफले सहजै नतिजा सुम्पिन पुग्यो । इस्ट बंगाल यस प्रतियोगिताभर एक गोल पनि नखाई उपाधि उचाल्न सफल भयो । एपिएफले पनि यसअघि एक गोल पनि खाएको थिएन । तर, फाइनलमा भने एपिएफले तीन गोल सामना ग¥यो । नेपाली महिला फुटबलमा १४औं फाइनलमा पनि नेपाली खेलाडी उपाधि जित्न असफल भयो । खेल अवधिभर एपिएफले दबाबमै रहेर खेल्यो ।

खेलको २२औं मिनेटमा कप्तान फजिलाले इस्ट बंगाललाई अग्रता दिलाइन् । सरिता युम्नामको पास सदुपयोग गर्दै इक्वापुटले बललाई जाली चुमाइन् । देब्रे भागमा एपिएफकी डिफेन्डर मनमाया दमाइले हेडर क्लियर गर्न नसकेको बललाई फजिलाले नियन्त्रणमा लिइन् । उनले एपिएफकी अर्की डिफेन्डर गीता रानालाई पनि छक्याउँदै गोल गरिन् ।

योसँगै एपिएफले यस च्याम्पियनसिपमा पहिलो गोल ग¥यो । इस्ट बंगाल एपिएफको क्लिन सिट तोड्ने एक मात्र टोली बन्यो । यो गोलपछि इस्ट बंगालले लगातार आक्रमण बुन्यो । ३५औं मिनेटमा इस्ट बंगाल सफल पनि भयो । सिल्कीदेविले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाइन् ।

आशालता देवीले राइट साइटबाट गरेको क्रसलाई सिल्कीदेवीले टप कर्नर हेडरबाट गोल गरेकी हुन् । त्यसअघि तेस्रो मिनेटमा एपिएफकी रश्मीकुमारी घिसिङले अवसर गुमाइन । रश्मिले पेनाल्टी बक्सभित्र हिराकुमारी भुजेलले दिएको क्रस नियन्त्रणमा लिन नसक्दा अग्रता गोल गर्न असफल भइन् ।

२३औं मिनेटमा अञ्जनाले एपिएफको खतरा टारिन् । इस्ट बंगालकी रेस्टी नान्जिरीले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारलाई अञ्जनाले नियन्त्रणमा लिएकी थिइन् । त्यसपछि थप गोल भएन र पहिलो हाफमा इस्ट बंगाल २–० ले अगाडि रह्यो । दोस्रो हाफको सुरुमै एपिएफले तेस्रो गोल पनि बेहो¥यो ।

४७औं मिनेटमा एपिएफकी गोलकिपर अञ्जनाको गल्तीमा इस्ट बंगालले तेस्रो गोल गरेको हो । पेनाल्टी बक्स बाहिरबाट फाजिलाले गरेको सट अञ्जनाले हातमा पुगे पनि फुत्किएर गोल हुन पुग्यो । ५२औं मिनेटमा एपिएफले गोल अवसर बुन्यो । अनिता बस्नेतको कर्नर प्रहारमा रश्मिको हेडर इस्ट बंगालकी गोलकिपर पान्थोई चान्नुले सहजै नियन्त्रणमा लिइन् ।

५६औं इस्ट बंगालकी फाजिलाले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकिनन् । त्यसपछि इस्ट बंगाल र एपिएफले केही अवसर बुने पनि सफल भएन । भारतीय टोली इस्ट बंगालले पहिलो संस्करणको क्लब च्याम्पियनसिपको उपाधि उचाल्यो ।

 किरणराज विष्ट / रासस