१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयल यु-२३ बास्केटबल सोमबारदेखि



अ+ अ-

काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रलको आयोजनामा प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित ९ टिमको सहभागिता रहने रोयलका सञ्चालक मध्येका एक नृपेश श्रेष्ठले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी र गोल्डेनगेट रहेका छन् । समूह ‘बी’ मा बापेक (BAPEC), आयोजक रोयल, कास्की र बूढानीलकण्ठ छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । प्रावधान पुगेका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

साताव्यापी प्रतियोगिताका खेलहरु ललितपुरको सानागाउँस्थित रोयलको आफ्नै हलमा हुने छ । नृपेशसहित सफल राष्ट्रिय बास्केटबल खेलाडीद्वय विनोद महर्जन र रविन खत्रीले रोयल सञ्चालन गरिरहेका छन् ।