३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयल यु-२३ बास्केटबल सोमबारदेखि



अ+ अ-

काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रलको आयोजनामा प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित ९ टिमको सहभागिता रहने रोयलका सञ्चालक मध्येका एक नृपेश श्रेष्ठले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी र गोल्डेनगेट रहेका छन् । समूह ‘बी’ मा बापेक (BAPEC), आयोजक रोयल, कास्की र बूढानीलकण्ठ छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । प्रावधान पुगेका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

साताव्यापी प्रतियोगिताका खेलहरु ललितपुरको सानागाउँस्थित रोयलको आफ्नै हलमा हुने छ । नृपेशसहित सफल राष्ट्रिय बास्केटबल खेलाडीद्वय विनोद महर्जन र रविन खत्रीले रोयल सञ्चालन गरिरहेका छन् ।