१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिप्यान बर्ष खेलाडी अवार्ड चैतमा



अ+ अ-

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते प्रदान गर्ने भएको छ । सिप्यानका महासचिव पारस खड्काले विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको जानकारी दिए ।

सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै १ लाख ३२ हजार रुपैयाँ पाउने छन् ।

बाँकी ३ विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए ।