१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले जिते ‘इण्डियन आइडल-११’



अ+ अ-

‘इण्डियन आइडल’ ११ औं संस्करणको उपाधि सन्नी हिन्दुस्तानीले जितेका छन्। भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सभागिता जनाउनु पहिले जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले अन्ततः इन्डियन आइडलको ताज पहिरिन सफल भएका छन् ।

सानैमा बुवा गुमाएका शनिलाइ माताले निकै दुख गरेर पालन पोषण गरेकि थीइन । एकदमै कमजोर आर्थिक अवस्थामा रहेका उनको अडिसनसम्म शनि नाम भएका उनलाई आइडलले नै हिन्दुस्तानी बनाएको हो । उपाधिसँगै शनिले २५ लाख भारू पुरस्कारसमेत हात पारेका छन् । यसैगरी प्रतियोगितामा रोहित राउत र ओंकना मुखर्जी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए ।

उनीहरूले जनही पाँच पाँच लाख भारू पाए। सैगरी अद्रिज घोष र रिधम कल्याण प्रतियोगिताको तेश्रो र चौथो स्थानमा रहे। कार्यक्रममा आफ्नो पछिल्लो सिनेमा ‘शुभ मंगल ज्यादा सावधान’को प्रचारका लागि बलिउड अभिनेता आयुष्मान खुर्राना पुगेका थिए।

आफ्नो सिनेमाका अन्य सदस्यका साथ त्यहाँ पुगेका खुर्रानाले उपाधि विजेतालाई आफूले अभिनय गर्ने टिसिरिजको नयाँ सिनेमामा गीत गाउन दिने घोषणा गरे।